सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
जलसरोकार
काठमाडौँ: साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको छ । बजार दिनभरजसो घट्दो क्रममा देखिएको थियो ।
कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकामा आज ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममा सीमित रह्यो। बैंकिङ समूह स्थिर रहँदा विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ र व्यापार समूह ०.५९ प्रतिशतले घटे ।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो। त्यसैगरी अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले बढ्यो ।
घट्नेमा सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशतले घट्यो। श्रीनगर एग्रिटेक ४.६५ प्रतिशत र लक्ष्मी लघुवित्त ४.५५ प्रतिशतले ओरालो लागे ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक (संस्थापक सेयर), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य