सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सेयर बजार २६ सयभन्दा तल झर्‍यो, कारोबार रकम भने केही बढ्यो

जलसरोकार
आइतबार, मंसिर २८, २०८२ | १५:४०:१५ बजे

 

काठमाडौँ: साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको छ । बजार दिनभरजसो घट्दो क्रममा देखिएको थियो ।

कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकामा आज ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममा सीमित रह्यो। बैंकिङ समूह स्थिर रहँदा विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ र व्यापार समूह ०.५९ प्रतिशतले घटे ।

आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो। त्यसैगरी अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले बढ्यो ।

घट्नेमा सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशतले घट्यो। श्रीनगर एग्रिटेक ४.६५ प्रतिशत र लक्ष्मी लघुवित्त ४.५५ प्रतिशतले ओरालो लागे ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक (संस्थापक सेयर), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर रहेका छन् ।

प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ | १५:४०:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया