सेयर बजार २७.९० अंक घटेर २८२२ अंकमा
जलसरोकार
काठमाडौं : सोमबार सेयर बजार २७.९० अंकले घटेर नेप्से परिसूचक २८२२ अंकमा झरेको छ । दिनको सुरुवातमा बजार सकारात्मक लयमा भए पनि कारोबार सुरु भएको ३२ मिनेटमै ओरालो लाग्यो। ११ः३२ बजे नेप्से २८७५ अंकमा पुगेको थियो, जुन दिनकै उच्च स्तर रह्यो ।
सूचक घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिनको ८ अर्ब ५३ करोडको तुलनामा सोमबार १० अर्ब २१ करोडको कारोबार भयो। ३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घट्यो। अधिकांश समूहका सूचक हरिया नभई राताम्मै भए, जसमा माइक्रोफाइनान्स समूह २.३५ प्रतिशत र विकास बैंक समूह २.३१ प्रतिशतले सबैभन्दा धेरै घटे ।
बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटे भने अन्य समूह ०.३१ प्रतिशतले मात्र बढ्यो ।
रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यसपछि पन्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशत र बुद्धभूमि हाइड्रोपावर ३.४७ प्रतिशतले बढे। उन्नति सहकार्य लघुवित्त ७.६४ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बन्यो। लिबर्टी इनर्जी ७.०६, ट्रेड टावर ६.९९, सीवाईसी लघुवित्त ५.७४ र विन नेपाल लघुवित्त ५.७२ प्रतिशतले घटे ।
धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर क्रमशः अगाडि रहे। बजार पूँजीकरण घटेर ४७ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा