बुधबार सेयर बजार १०.५० अंकले घटेर २७८५ अंकमा स्थिर
जलसरोकार
काठमाडौं: बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ अंकमा स्थिर भयो । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको भए पनि त्यसपछि सुरु भएको गिरावट अन्तिम समयसम्म कायम रह्यो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडमा सीमित रह्यो । आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनी घटे र १ कम्पनी स्थिर रह्यो ।
समूहगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.५० प्रतिशतले घट्यो। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ र निर्जीवन बीमा ०.२७ प्रतिशतले घटे। विपरीत, विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढे ।
मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढ्यो। त्यसपछि नेपाल रिपब्लिक मिडिया (३.६६%), सप्तकोशी विकास बैंक (३.३३%) र समाज लघुवित्त (३.३१%) रहेका छन् । घट्नेमा सिक्लेस हाइड्रोपावर ७.२२ प्रतिशतले अगाडि रह्यो। बलेफी हाइड्रोपावर ३.४५% र उपकार लघुवित्त २.८२% ले घटे ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य