सेयर बजार ३.४० अङ्कले बढेर २६५९.२६ विन्दुमा बन्द भयो
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४० अङ्कले बढेको छ । साताको दोस्रो दिन सोमबार उच्च कारोबार भएको बजार सो अङ्कले बढ्दा परिसूचक २६५९.२६ विन्दुमा पुगेर बन्द भएको हो ।
परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।
आज कूल ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयरको कारोबार भयो । आज होटल समूहमा उत्साहजनक सुधार देखिएको छ । फाइनान्स र हाइड्रो समूहमा आज १ प्रतिशत बढीले घटेको छ ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ । बजारमा आज पियोर इनर्जी र पिपुल्स पावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पछिल्ला दिनमा बढ्दै गएको कारोबार रकमले बजारमा लगानीकर्ताहरूको सक्रियता हुँदै गएको देखाउँछ । तर, बढ्ने र घट्ने कम्पनीको सङ्ख्या बराबर हुनुले बजारमा लगानीकर्ताहरू अझै पनि ’पर्ख र हेर’ को अवस्थामा रहेको सङ्केत गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो