सेयर बजार ३.४० अङ्कले बढेर २६५९.२६ विन्दुमा बन्द भयो
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४० अङ्कले बढेको छ । साताको दोस्रो दिन सोमबार उच्च कारोबार भएको बजार सो अङ्कले बढ्दा परिसूचक २६५९.२६ विन्दुमा पुगेर बन्द भएको हो ।
परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।
आज कूल ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयरको कारोबार भयो । आज होटल समूहमा उत्साहजनक सुधार देखिएको छ । फाइनान्स र हाइड्रो समूहमा आज १ प्रतिशत बढीले घटेको छ ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ । बजारमा आज पियोर इनर्जी र पिपुल्स पावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पछिल्ला दिनमा बढ्दै गएको कारोबार रकमले बजारमा लगानीकर्ताहरूको सक्रियता हुँदै गएको देखाउँछ । तर, बढ्ने र घट्ने कम्पनीको सङ्ख्या बराबर हुनुले बजारमा लगानीकर्ताहरू अझै पनि ’पर्ख र हेर’ को अवस्थामा रहेको सङ्केत गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने