गणेश हिमाल हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा सम्पन्न
जलसरोकार
काठमाडौं : गणेश हिमाल हाइड्रोपावर लिमिटेडको छैटौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित ग¥यो ।
साधारण सभाले वित्तीय विवरण, नाफा नोक्सानको विवादरण, नगद पू्रवाह विवरण लगायत सम्पूणै वित्तीय विवरण पनि पारित ग¥यो ।
यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आव २०८१÷८२ को लेखा परीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्र्धारण गर्ने निर्णय पनि सभाले गरेको छ ।
कम्पनीले धादिङको आँखु खोलाको पानी उपयोग गरी २० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणसँग गत भदौ २ण्८० मा विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ भने आगामी २०८५ साउन महिनामा बिजुलीको व्यापारिक तवरले उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनामा आँखु खोला जलविद्युत् कम्पनीले स्वपुँजीको ६० प्रतिशत लगानी गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ ।
अध्यक्ष श्रेष्ठले सभालाई सम्बोधन गर्दै यो वर्ष वित्तीय व्यवस्थापन, विस्तृत इन्जिनियरिङ डिजाइन लगायतका काम पूरा गरी २०८२ को हिउँदयामदेखि आयोजना निर्माण कार्य सुरु गरिने जानकारी दिए । वित्तीय व्यवस्थापनका लागि विभिन्न वित्तीय संस्थाहरुसँग छलफल भइरहेको उनले बताए ।
हाल कम्पनीको सञ्चालक समितिमा ईश्वरीबहादुर अधिकारी र ब्रिष्टान्त तामाङ (बमजम) सदस्य छन् । गत २०७९ सालमा स्वपुँजी सम्झौता बमोजिम दुबै पक्षका सदस्य रहने गरी संयुक्त तीन सदस्यीय चुस्त सञ्चालक समिति गठन गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अबदेखि जलाशययुक्तको पीपीए दर घटीमा प्रतियुनिट ८.४५ रुपैयाँ र बढीमा प्रतियुनिट १४.८० रुपैयाँ
-
बजेट अर्धवार्षिक समीक्षा : लक्ष्यमा भारी कटौती, विकास खर्च निराशाजनक
-
विद्युत् बिक्री घट्दा मोदी इनर्जीकाे नाफा खुम्चियो
-
माण्डु हाइड्रोपावरको नाफामा सुधार, दोस्रो त्रैमासमा १८ करोड ३० लाख रुपैयाँ खुद नाफा
-
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकद्वारा ५ करोड डलर स्वीकृत
-
सुनको मूल्य बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?