गणेश हिमाल हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं : गणेश हिमाल हाइड्रोपावर लिमिटेडको छैटौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित ग¥यो ।
साधारण सभाले वित्तीय विवरण, नाफा नोक्सानको विवादरण, नगद पू्रवाह विवरण लगायत सम्पूणै वित्तीय विवरण पनि पारित ग¥यो ।
यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आव २०८१÷८२ को लेखा परीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्र्धारण गर्ने निर्णय पनि सभाले गरेको छ ।
कम्पनीले धादिङको आँखु खोलाको पानी उपयोग गरी २० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणसँग गत भदौ २ण्८० मा विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ भने आगामी २०८५ साउन महिनामा बिजुलीको व्यापारिक तवरले उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनामा आँखु खोला जलविद्युत् कम्पनीले स्वपुँजीको ६० प्रतिशत लगानी गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ ।
अध्यक्ष श्रेष्ठले सभालाई सम्बोधन गर्दै यो वर्ष वित्तीय व्यवस्थापन, विस्तृत इन्जिनियरिङ डिजाइन लगायतका काम पूरा गरी २०८२ को हिउँदयामदेखि आयोजना निर्माण कार्य सुरु गरिने जानकारी दिए । वित्तीय व्यवस्थापनका लागि विभिन्न वित्तीय संस्थाहरुसँग छलफल भइरहेको उनले बताए ।
हाल कम्पनीको सञ्चालक समितिमा ईश्वरीबहादुर अधिकारी र ब्रिष्टान्त तामाङ (बमजम) सदस्य छन् । गत २०७९ सालमा स्वपुँजी सम्झौता बमोजिम दुबै पक्षका सदस्य रहने गरी संयुक्त तीन सदस्यीय चुस्त सञ्चालक समिति गठन गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
देशका अधिकांश भागमा वर्षा हुने
-
मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न कुलमान घिसिङ प्रस्थान
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन