सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा, ५७.५१% भौतिक प्रगति
जलसरोकार
पाल्पा,: राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेपछि निर्माण कार्यमा गति आएको हो ।
हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ । मुख्य टनेलको १,०८९ मिटर इन्भर्ट निर्माण सकिएको छ भने ८३४ मिटर लाइनिङको काम सम्पन्न भएको छ ।
सुरुङमार्ग अन्तर्गत तीन वटा बाइपासमध्ये पहिलोमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ । तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङको काम सम्पन्न भएको हो ।
दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ १,०८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब सात मिटर हुनेछ । इन्भर्ट र लाइनिङको काम सकिएपछि लाइटिङ, सञ्चार र सुरक्षा उपकरण जडानको काम सुरु गरिनेछ ।
२०७९ सालदेखि सुरु भएको सुरुङमार्ग निर्माण कार्य २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल लागत सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको यस आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
सुरुङमार्ग निर्माणपछि पहिरो जोखिमयुक्त सिद्धबाबा क्षेत्र सुरक्षित हुने र गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दी जिल्लामा यातायात सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य