सेयर बजार ८.५७ अङ्कले घट्यो
जलसरोकार
काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य