जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने
जलसरोकार
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो ।
आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका–२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले जानकारी दिए । “पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ”, ढकालले भने, ।
जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्