जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने
जलसरोकार
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो ।
आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका–२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले जानकारी दिए । “पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ”, ढकालले भने, ।
जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा