कोहलपुर–सुर्खेत प्रसारण लाइनका ६ हजार २३६ वटा रुख काट्ने प्रक्रिया शुरु
जलसरोकार
काठमाडौं – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार २३६ वटा रुख काट्ने अनुमति पाएसँगै कटान प्रक्रिया शुरु भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।
विद्युत् विस्तारका लागि बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० वटा रुख काटिने छ । ती रुखमा छपानको काम सकिएको र कटानको फाइल प्रमाणित भएर आउने बित्तिकै रुख काटिने आयोजना प्रमुख चौधरीले बताए ।
२०७७ साल असारदेखि शुरु भएको विद्युत् प्रसारण लाइन विस्तार कार्यको ७० प्रतिशत प्रगति भएको छ । प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रुख कटान अनुमति पाए पनि जग्गा विवाद भने कायमै रहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल चलिरहेको छ । प्रसारण लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य