सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढ्यो, हेर्नुहोस् आजको मुल्य कति ?
जलसरोकार
काठमाडौँ : बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो वृद्धि पछिसँगै सुनको मूल्य ऐतिहासिक स्तरमा पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्दैछ । बुधबार विश्व बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँ रहेको चाँदी आज २ हजार ९५५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अस्थिर आर्थिक अवस्था, मध्यपूर्वमा बढ्दो तनाव र मुद्रास्फीतिको चापका कारण सुनको माग बढ्दै गएको छ। यसले सुनको मूल्य लगातार बढ्ने क्रमलाई बल दिएको बताइन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य