सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडों: लगातारको मूल्य उतार–चढावबीच सोमबार सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा भएको थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्चस्तर १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको थियो । लगातारको वृद्धिपछि आएको यो गिरावटले सुन खरिद गर्ने ग्राहकलाई केही राहत मिलेको छ भने बेच्ने पक्षका लागि भने मूल्यमा आएको घटबढ चुनौतीपूर्ण भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँले घटेर चाँदीको कारोबार मूल्य २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा देखिएको अस्थिरताले नेपाली बजारमा समेत उतार–चढाव ल्याएको व्यवसायीहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार अमेरिकी डलरको मूल्य, विश्वबजारमा माग–आपूर्तिको अवस्था र विश्व अर्थतन्त्रको अनिश्चितताले मूल्य निर्धारणमा प्रत्यक्ष असर पारिरहेको छ। आगामी दिनमा पनि सुन र चाँदीको मूल्यमा यस्तै उतार–चढाव देखिने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा