सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडों: लगातारको मूल्य उतार–चढावबीच सोमबार सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा भएको थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्चस्तर १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको थियो । लगातारको वृद्धिपछि आएको यो गिरावटले सुन खरिद गर्ने ग्राहकलाई केही राहत मिलेको छ भने बेच्ने पक्षका लागि भने मूल्यमा आएको घटबढ चुनौतीपूर्ण भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँले घटेर चाँदीको कारोबार मूल्य २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा देखिएको अस्थिरताले नेपाली बजारमा समेत उतार–चढाव ल्याएको व्यवसायीहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार अमेरिकी डलरको मूल्य, विश्वबजारमा माग–आपूर्तिको अवस्था र विश्व अर्थतन्त्रको अनिश्चितताले मूल्य निर्धारणमा प्रत्यक्ष असर पारिरहेको छ। आगामी दिनमा पनि सुन र चाँदीको मूल्यमा यस्तै उतार–चढाव देखिने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य