सुनको भाउ २ हजार रुपैयाँ घट्यो, आज तोलाको कति ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा लगातार दोहोरिँदो रूपमा सुनको मूल्य घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य यसअघि आइतबार मात्रै ११ हजार ६ सय रुपैयाँले घटेको थियो । यससँगै तिहारपछि कुल १३ हजार ६ सय रुपैयाँले सुन सस्तो भएको छ ।
महासंघका अनुसार गत असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटको असर नेपाली बजारमा पनि परेको हो ।
त्यस्तै, सोमबार चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सुन र चाँदी दुवैको मूल्य घट्दै गएपछि बजारमा खरीद–बिक्री कारोबार केही सुस्त बनेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य