सुनको भाउ २ हजार रुपैयाँ घट्यो, आज तोलाको कति ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा लगातार दोहोरिँदो रूपमा सुनको मूल्य घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य यसअघि आइतबार मात्रै ११ हजार ६ सय रुपैयाँले घटेको थियो । यससँगै तिहारपछि कुल १३ हजार ६ सय रुपैयाँले सुन सस्तो भएको छ ।
महासंघका अनुसार गत असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटको असर नेपाली बजारमा पनि परेको हो ।
त्यस्तै, सोमबार चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सुन र चाँदी दुवैको मूल्य घट्दै गएपछि बजारमा खरीद–बिक्री कारोबार केही सुस्त बनेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा