एक लिटर पेट्रोलको भाउ अब १६३ रुपैयाँ
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले आज आइतबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २, डिजेल र मट्टितेलमा एक, एक रुपैयाँ घटाएको छ ।
निगमको हिजो बसेको सञ्चालक समितिको बैठले इण्डियन आयल कर्पाेरेशनबाट हिजो शनिबार प्राप्त गरेको नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको ‘मूल्य समायोजन’ गरेको हो ।
नयाँ मूल्यअनुसार अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) को पेट्रोलको खुद्रा मूल्य एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यसैगरी दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि पेट्रोल १६२ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) को लागि एक सय ६३ रुपैयाँ पर्नेछ ।
निगमले आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर पाँच रुपैयाँ, अन्तर्राष्ट्रिय इन्धनतर्फ प्रतिकिलोटिर ३७ अमेरिकी डलरले घटाई मूल्य कायम भएको जनाएको छ ।
यसअनुसार आन्तरिक हवाई इन्धन प्रतिलिटर १३७ रुपैयाँबाट पाँच रुपैयाँ घटी अब एक सय ३२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै काठमाडौं अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर एक हजार ४२ अमेरिकी डलरबाट अब एक हजार ५ अमेरिकी डलर कायम भएको छ ।
यसैगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोटिर ९ सय ४२ अमेरिकी डलर रहेकोमा अब नौ सय पाँच अमेरिकी डलर भएको छ ।
निगमले डिजेल र मट्टितेलमा पनि प्रतिलिटर एक रुपैयाँ घटाएको छ । अब डिजेल र मटिट्टतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५३ र तेस्रो वर्गका लागि एक सय ५४ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिण्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जारी गरेको विज्ञप्तिमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त
-
म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
-
महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
-
नेपाल–कतार व्यापार सहकार्य विस्तार गर्न कतारी टोली काठमाडौं आइपुग्यो
-
आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम