डेडिकेटेड र ट्रंक लाइनवालाको लाइन नकाट्ने निर्णय गराउन ऊर्जा मन्त्रीले प्राधिकरणको बोर्ड बैठक भोलि राख्दै
जलसरोकार
काठमाडौं: ऊर्जा मन्त्री दीपक खड्काले भोलि बिहीबार ९ बजे नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाउन लगाएका छन् ।
बैठकको मुख्य एजेन्डा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका व्यापारीहरुको लाइन नकटाउने रहेको छ ।
प्राधिकरणको सञ्चालक समितिका सदस्यहरुलाई वितरित बैठकको एजेण्डामा डेडिकेटेड र ट्रंक लाइन बक्यौतासम्बन्धी विषयवस्तु उल्लेख छैन । तर मन्त्री खड्काले ‘विविध’ शीर्षकअन्तर्गत व्यापारीका लाइन नकाट्नेसम्बन्धी निर्णय गर्ने प्रस्ताव ल्याउने र पारित गराउने चेष्टा हुने ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
प्राधिकरण अध्यक्षका प्रस्ताव विविध शीर्षक अन्तर्गत आउने परम्परा छ ।
मन्त्री खड्काले आज गरेको पत्रकार सम्मेलनमा पनि संसदको सार्वजनिक लेखा समितिमा यो विषय रहेको र समितिले निर्णय गरेपछि मात्र प्राधिकरणले कारबाही गर्ने संकेत गरेका थिए ।
प्राधिकरणको अध्यक्षका रुपमा खड्का आएपछि हालसम्म नियमित तवरमा सञ्चालक समितिको बैठक बसेको छैन ।
प्राधिकरणले भोलि कात्तिक ८ गतेसम्म बक्यौता बुझाउने अन्तिम मौका दिएको सार्वजनिक सूचना जारी गरिसकेको छ । प्राधिकरणलाई डेडिकेटेडवाला व्यापारीका लाइन काट्नबाट रोकाउन बैठक राखिएको खुलासा मन्त्रालयका ती स्रोतले जानकारी दिए ।
तर विद्यमान नियमअनुसार प्राधिकरणले नेपाल सरकार मन्त्रिपरिषद् वा ऊर्जा मन्त्रालयको निर्णय नभईकन बक्यौता उठाउने प्रक्रिया रोक्न पाउँदैन । मन्त्रालयले पनि बिना आधार बक्यौता संकलन नगर्न प्राधिकरणलाई निर्देशन दिन सक्दैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा