निजी क्षेत्रको सहभागिताले विद्युत् उत्पादन २५२ मेगावाटबाट १७ हजार मेगावाटतर्फ
जलसरोकार
काठमाडौं,: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत ऐन २०४९ पश्चात सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउने नीति अवलम्बन गरेसँगै विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताएका छन् । इप्पानको २३ औ बार्षिक साधारणसभा कार्यक्रमालाई सम्बोधन गर्दै अध्यक्ष उक्त कुरा बताएका हुन् ।
निजी क्षेत्रको प्रवेश अघि देशको कुल विद्युत उत्पादनको जडित क्षमता २५२ मेगावाट मात्र रहेकोमा, पछिल्ला २५ वर्षमा यो क्षमता ३,६२५ मेगावाटसम्म पुगेको उनको भनाई छ । यसमध्ये करिब २,९०० मेगावाट (८१ प्रतिशत) उत्पादन निजी क्षेत्रबाट भइरहेको उनले जानकारी दिए ।,
हाल निजी क्षेत्रबाट ४,२८८ मेगावाट बराबरका विभिन्न आयोजना निर्माणाधीन अवस्थामा छन् भने ४,२१० मेगावाट बराबरका आयोजना विद्युत खरिद सम्झौता (पिपिए) पश्चात निर्माणमा जान लागेका छन् ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच हालसम्म ११,४२१ मेगावाट बराबरका आयोजना निर्माणका लागि पिपिए सम्पन्न भइसकेको छ, अध्यक्ष कार्कीले भने, यसका अतिरिक्त, ४,९६६ मेगावाट जलविद्युत् तथा ९६० मेगावाट सौर्य परियोजनाहरूको पिपिए प्रक्रियामा छन् ।
यसरी हेर्दा आर्थिक वर्ष २०८२÷८३ भित्रमा १७,३४७ मेगावाट बराबरको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न हुने प्रक्षेपण गरिएको छ, जसमा निजी क्षेत्रको सहभागिता प्रमुख रहने देखिन्छ,उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित