सौर्य ऊर्जाबाट मिल सञ्चालन हुँदा स्थानीयलाई सहज
जलसरोकार
जुम्ला: जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।
विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी–पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाले भन्नुभयो, “पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो ।
हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । अब सो समस्या हटेको छ, गाउँमै कुटानी–पिसानी हुन थालेको छ ।”
मिल स्थापना भएपछि गहुँ मकैलगायत अरू अन्न कुटानी–पिसानीका लागि करिब तीन घण्टा हिँडेर घट्ट जानैपर्ने बाध्यता हाल अन्त्य भएको स्थानीयवासी दिनेश रोकायाले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो
-
विद्युत् प्राधिकरणमा कर्मचारी संघको समानान्तर अर्काे संस्था, तदर्थ समिति गठन
-
एनएमबी बैंकको नयाँ ईभी ऋण योजना, ७.१३ प्रतिशत ब्याजदरमा उपलब्ध
-
कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन जनमत पार्टीको माग
-
प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पुल निर्माण हुँदै