हितेन्द्रलाई नेकपा (बहुमत)ले बुझायो ९ बुँदे ध्यानाकर्षण पत्र
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नेकपा (बहुमत)ले अघोषित लोडसेडिङ गर्ने कार्य तत्कालन बन्द गर्न ध्यानाकर्षण गराएको छ ।
जिल्ला समिति काठमाडौंले शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने कार्य बन्द गर्न ध्यानाकर्षण गराएको हो ।
बहुमतले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको भन्दै ऊर्जा क्षेत्रमा बिचौलियाको प्रवेशलाई सहज हुने गरी बनाइएका नीति नियम तुरुन्त खारेज गर्न माग गरेको छ ।
यस्तै प्राधिकरण मार्फत प्रोजेक्ट बेचबिखन गर्ने कार्य बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरणको अन्त्य गर्नुपर्ने, विद्युतको पहुँच नपुगेका क्षेत्रमा यथाशीघ्र बत्ती जडानको कार्य सञ्चालन गर्न कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराएको छ ।
साथै विद्युतको महसुल बढाउने कार्य बन्दगरी सर्वसाधारण नागरिकलाई सुलभ महसुलको व्यवस्था गर्न र स्वदेशमै विद्युतको खपत गरी महँगोमा विद्युत् खरिद गर्ने कार्य बन्द गर्न पनि ध्यानाकर्षण गराइएको नेकपा (बहुमत) जिल्ला सचिव दर्शनकुमार नेपालीले जानकारी गराए ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै