हितेन्द्रलाई नेकपा (बहुमत)ले बुझायो ९ बुँदे ध्यानाकर्षण पत्र
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नेकपा (बहुमत)ले अघोषित लोडसेडिङ गर्ने कार्य तत्कालन बन्द गर्न ध्यानाकर्षण गराएको छ ।
जिल्ला समिति काठमाडौंले शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने कार्य बन्द गर्न ध्यानाकर्षण गराएको हो ।
बहुमतले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको भन्दै ऊर्जा क्षेत्रमा बिचौलियाको प्रवेशलाई सहज हुने गरी बनाइएका नीति नियम तुरुन्त खारेज गर्न माग गरेको छ ।
यस्तै प्राधिकरण मार्फत प्रोजेक्ट बेचबिखन गर्ने कार्य बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरणको अन्त्य गर्नुपर्ने, विद्युतको पहुँच नपुगेका क्षेत्रमा यथाशीघ्र बत्ती जडानको कार्य सञ्चालन गर्न कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराएको छ ।
साथै विद्युतको महसुल बढाउने कार्य बन्दगरी सर्वसाधारण नागरिकलाई सुलभ महसुलको व्यवस्था गर्न र स्वदेशमै विद्युतको खपत गरी महँगोमा विद्युत् खरिद गर्ने कार्य बन्द गर्न पनि ध्यानाकर्षण गराइएको नेकपा (बहुमत) जिल्ला सचिव दर्शनकुमार नेपालीले जानकारी गराए ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने