ऊर्जा मन्त्रालय ‘रित्तै’, मन्त्री, सचिवद्वय र चार सहसचिव ‘सयर’ मा
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत सिंचाई मन्त्रालयमा यतिखेर मन्त्री, सचिवद्वय र चारजना सहसचिवविहीन भएको छ ।
ऊर्जा मन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन चीन पुगेका छन् । मन्त्री अस्ति उडे लगत्तै सिंचाई सचिव झापादेखि मध्य तराईसम्मका सिंचाई आयोजनाको ‘निरीक्षण’ मा छिन् भने ऊर्जा सचिव सुरेश आचार्य पोखरादेखि रुकम पश्चिमसम्म पर्ने विभिन्न आयोजनाको परख गर्न निक्लेका छन् ।
ऊर्जा सचिवले ऊर्जा मन्त्रालयतर्फका एकजना सहसचिव लिएर गएका छन् । मन्त्रालयका कुल सात सहसचिवमध्ये अहिले तीन सहसचिवले ‘मिलेर काम गरेको’ मन्त्रालयका एक अधिकारीले बताए ।
सिंचाई र ऊर्जा सचिवको अलग अलग टोलीमा सिंचाई सम्बद्ध महाशाखा प्रमुख (सहसचिव) हरु निक्लेका छन् । दुवै सचिवले सिंचाईतर्फका जलस्रोत महाशाखाका सहसचिव शिशिर कोइरालालाई निमित्त सचिव दिएका छन् ।
यता ऊर्जा मन्त्रालयतर्फका विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखाका सहसचिव चिरञ्जीवी चटौत ऊर्जा सचिव आचार्यसँग हिंडेका छन् भने ऊर्जा महाशाखाका सागरराज गौतम ऊर्जा मन्त्रीसँग चीनमा छन् । सिंचाईं र ऊर्जा दुबै हेर्ने बजेट महाशाखाका सहसचिव चूर्णबहादुर ओली सिंचाई सचिवको भ्रमण टोलीमा छन् ।
अहिले मन्त्रालयमा रहेर काम गरिरहेका सहसचिवहरुमा जलस्रोत महाशाखाका कोइराला, जल, मौसम तथा वातावरण महाशाखाका सहसचिव सुशीलचन्द्र आचार्य र कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव जंगबहादुर डाँगी छन् ।
सचिवद्वय आइतबार मात्रै मन्त्रालयमा हाजिर हुने स्रोतले जानकारी दियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्