ऊर्जा मन्त्री दलबलसहित हेलिकप्टर चढेर भोलि माथिल्लो तामाकोसी जाने
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्का आफ्ना दलबलसहित होलिकप्टर लिएर बाढी–पहिरोले क्षतिग्रस्त भएको २१ दिनपछि माथिल्लो तामाकोसी (४५६ मेगावाट) को स्थलगत अवलोकन गर्न भोलि शनिबार जाने भएका छन् ।
मन्त्री खड्काको टोलीमा मन्त्रालयका पदाधिकारी, माथिल्लो तामाकोसी कम्पनीका सञ्चालक समितिका सदस्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहभागी हुने ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
उता पहिरोले क्षति तुल्याएको माथिल्लो तामाकोसीको मुहान संरचना क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रुपमा भइरहेको छ । माथिल्लो तामाकोसीले तिहारअघि नै नदी प्रवाही प्रणालीमार्फत ३ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि काम गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार माथिल्लो तामाकोसी सञ्चालक समितिका सदस्यहरुलाई क्षतिग्रस्त संरचनाबारे प्राविधिक र आर्थिक पक्षको ज्ञान दिलाउँदा भोलिका दिनमा निर्णय गर्न सजिलो हुनेछ ।
हालसम्मको प्रारम्भिक अनुमानअनुसार २ अर्ब ८० करोड रुपैयाँको नोक्सान भएको छ । तामाकोसीाको मुहान संरचना क्षेत्रका दुईवटै डिसेटलिङ बेसिनमा क्षति पुगेको छ भने बाँध नियन्त्रण कक्षको भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।
गत असोज १०–१२ गते परेको अबिरल वर्षाका कारण माथिल्लो तामाकोसीको बाँधस्थलमाथिको पहाडबाट अकल्पनीय पहिरो झरेर क्षति तुल्याएको हो । त्यस यता देशकै सबैभन्दा ठूलाे विद्युत् गृह ठप्प छ ।
निर्माणअघिको अध्ययनमा बाँधस्थलका दायाँबायाँ दुबै पहाडको भौगर्भिक अध्ययन गरिएको थियो । उक्त अध्ययनले बाँध बाँध्न सिफाारिस गरेको थियो । तर उक्त पहिरो कहाँबाट आयो भन्ने नै अहिलेसम्म थाहा छैन ।
यता ऊर्जा मन्त्री र उनका फौजको लर्काेले निर्माण कार्यलाई बढावा दिनेभन्दा अनावश्यक स्यहार सुसार गर्नुपर्ने भएकाले माथिल्लो मन्त्रीको भ्रमण रुचिकर नभएको मन्त्रालय स्रोत बताउँछ ।
मन्त्री र उनको डफ्फाको सम्पूर्ण खर्च माथिल्लो तामाकोसीको प्रवर्द्धक कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले बेहोर्ने भएको छ ।
मन्त्रीको भ्रमणको चाँजोपाँजो र बन्दोबस्ती मिलाउन केन्द्रबाट कर्मचारीहरु हिजोदेखि नै गइसकेका छन् ।
माथिल्लो तामाकोसी निर्वाध रुपले सञ्चालन हुँदा पनि देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, ऊर्जा मन्त्री तथा अर्थमन्त्रीहरु भ्रमण गर्न रुचाउँछन् ।
कोरोनाकालमा तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सांसदहरुको दलबलसहित माथिल्लो तामाकोसीको स्थलगत निरीक्षणका लागि उर्दी जारी गरेको समाचार सार्वजनिक भएपछि भ्रमण स्थगित गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा