गभर्नर सिफारिस समितिको बैठक बस्दै
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आज अपराह्न ४ बजेपछि बस्ने भएको छ । समितिका संयोजक रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त बैठक आह्वान गरेका हुन ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो ।
उक्त कुराकानीपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए ।
गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ति गर्छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाइएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य