गभर्नर सिफारिस समितिको बैठक बस्दै
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आज अपराह्न ४ बजेपछि बस्ने भएको छ । समितिका संयोजक रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त बैठक आह्वान गरेका हुन ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो ।
उक्त कुराकानीपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए ।
गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ति गर्छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाइएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?