मंडलबार कारोबारसँगै घट्यो सयर बजार
जलसरोकार
काठमाडौं: सेयर बाजारमा मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ।
सोमबार आठ अर्ब १९ करोडको कारोबार भएकोमा मंगलबार सात अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६२ करोड रूपैयाँ कमी आएको हो।
आज ३११ वटा धितोपत्रको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच भएको हो । मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार ४५१ रूपैयाँ ७० पैसा र एक हजार ४२ रूपैयाँ ८० पैसा कायम भएको छ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २६१ रूपैयाँ ३० पैसा पुगेको छ।
मंगलबार मध्य भोटेकोशी जलविद्युतको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३३१ रूपैयाँ ७८ पैसामा झरेको छ।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ७.७६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २९५ रूपैयाँ ३३ पैसा कायम भएको छ।
मंगलबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ५७३ रूपैयाँमा ८२ करोड ४३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.०४ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६८ रूपैयाँमा ६२ करोड १६ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग