सान्भी इनर्जीको आईपीओ जेठ ९ देखि खुल्ने
जलसरोकार
काठमाडौं: सान्भी इनर्जीले सर्वसाधारणका लागि सेयर (आईपीओ) जेठ ९ गतेदेखि खोल्ने भएको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ ।
सर्वसाधारणले जेठ ९ देखि १३ गतेसम्म कम्पनीमा आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?