सर्वसाधारणका लागि खुल्यो सान्भी इनर्जीको आईपीओ
जलसरोकार
काठमाडौं: सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो ।
सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य