सर्वसाधारणका लागि खुल्यो सान्भी इनर्जीको आईपीओ
जलसरोकार
काठमाडौं: सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो ।
सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने