प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई विकास हाइड्रोपावरको आईपीओ खुला
जलसरोकार
काठमाडौं: विकास हाइड्रोपावरले आजबाट आईपीओमा आवेदन खुलाएको छ । कम्पनीले उक्त आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका लाई आवेदन खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावितका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ लाई अति प्रभावित स्थानीयबासीका रुपमा छुट्याइएको छ ।
त्यस्तै उक्त पालिकाको प्रभावित वडा नम्बर १,२,३,६ र ७ का स्थानीयबासीले पनि आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले धार्चे शाखाको हिमालयन बैंक, गोरखा र आरुघाट शाखाको प्रभु बैंकबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
यस्तै प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । प्रभावितले छिटोमा जेठ २० गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । उनीहरुले जेठ २० गतेसम्म आवेदन दिनुपर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य