प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई विकास हाइड्रोपावरको आईपीओ खुला
जलसरोकार
काठमाडौं: विकास हाइड्रोपावरले आजबाट आईपीओमा आवेदन खुलाएको छ । कम्पनीले उक्त आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका लाई आवेदन खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावितका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ लाई अति प्रभावित स्थानीयबासीका रुपमा छुट्याइएको छ ।
त्यस्तै उक्त पालिकाको प्रभावित वडा नम्बर १,२,३,६ र ७ का स्थानीयबासीले पनि आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले धार्चे शाखाको हिमालयन बैंक, गोरखा र आरुघाट शाखाको प्रभु बैंकबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
यस्तै प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । प्रभावितले छिटोमा जेठ २० गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । उनीहरुले जेठ २० गतेसम्म आवेदन दिनुपर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?