बक्यौता नतिर्ने उद्योग कुल औद्योगिक ग्राहकको १० प्रतिशत पनि छैन
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले औद्योगिक वातावरणलाई बढावा दिनुपर्नेमा लाइन काटेर वातावरण बिगार्न लाग्यो भन्ने आरोप मिथ्या भएको जनाएको छ ।
‘नेपालमा औद्योगिक वातावरण नेपालमा हुनुपर्छ भनेर हामी सुरुदेखि लागेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘बक्यौता नतिर्ने २८ वटा उद्योगहरु सबै उद्योगमध्ये १० प्रतिशत पनि होइन । र यी २८ बाहेकका सबै उद्योगले नियमित उत्पादन गरिरहेका छन् । र हामीले उहाँहरुलाई लाभ पनि दिइरहेका छौं ।
‘हामीले प्राधिकरणले दिने सेवा सुविधा र लोड स्वीकृत पनि डेडिकेटेड र ट्रंकलाइनको बिल नतिरेसम्म जोड्नु हुँदैन भनेर मेरो अघिल्लो कार्यकालमा विनियमावलीमा व्यवस्था गरेर बिल नतिर्ने उद्योग प्रतिष्ठानलाई थप लोड स्वीकृत नगर्ने अवस्थामा थियो,’ घिसिङले भने, ‘हामीले त्यसलाई पनि संशोधन गरेर ८ सय मेगावाटको लोड स्वीकृत गरेर सहयोग गरेका छौं ।’
उनका अनुसार प्राधिकरणले डिफल्टमा रहेका उद्योगीहरुलाई सबै गरेर करिब १२÷१३ सय मेगावाटको लोड स्वीकृत गरिएको छ ।
‘हामीले जहिले पनि उद्योगलाई सहयोग नै गरेका हुन्छौं,’ उनको भनाइ थियो, ‘उद्योगको महसुल दर पनि सस्तो दिएका छौं, गार्हस्थ्य ग्राहकभन्दा पनि औद्योगिक ग्राहकको सुविधा धेरै छ । हामीले सधै नै औद्योगिक क्षेत्रलाई बढावा दिएकै छौं ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?