बक्यौता नतिर्ने उद्योग कुल औद्योगिक ग्राहकको १० प्रतिशत पनि छैन
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले औद्योगिक वातावरणलाई बढावा दिनुपर्नेमा लाइन काटेर वातावरण बिगार्न लाग्यो भन्ने आरोप मिथ्या भएको जनाएको छ ।
‘नेपालमा औद्योगिक वातावरण नेपालमा हुनुपर्छ भनेर हामी सुरुदेखि लागेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘बक्यौता नतिर्ने २८ वटा उद्योगहरु सबै उद्योगमध्ये १० प्रतिशत पनि होइन । र यी २८ बाहेकका सबै उद्योगले नियमित उत्पादन गरिरहेका छन् । र हामीले उहाँहरुलाई लाभ पनि दिइरहेका छौं ।
‘हामीले प्राधिकरणले दिने सेवा सुविधा र लोड स्वीकृत पनि डेडिकेटेड र ट्रंकलाइनको बिल नतिरेसम्म जोड्नु हुँदैन भनेर मेरो अघिल्लो कार्यकालमा विनियमावलीमा व्यवस्था गरेर बिल नतिर्ने उद्योग प्रतिष्ठानलाई थप लोड स्वीकृत नगर्ने अवस्थामा थियो,’ घिसिङले भने, ‘हामीले त्यसलाई पनि संशोधन गरेर ८ सय मेगावाटको लोड स्वीकृत गरेर सहयोग गरेका छौं ।’
उनका अनुसार प्राधिकरणले डिफल्टमा रहेका उद्योगीहरुलाई सबै गरेर करिब १२÷१३ सय मेगावाटको लोड स्वीकृत गरिएको छ ।
‘हामीले जहिले पनि उद्योगलाई सहयोग नै गरेका हुन्छौं,’ उनको भनाइ थियो, ‘उद्योगको महसुल दर पनि सस्तो दिएका छौं, गार्हस्थ्य ग्राहकभन्दा पनि औद्योगिक ग्राहकको सुविधा धेरै छ । हामीले सधै नै औद्योगिक क्षेत्रलाई बढावा दिएकै छौं ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै