मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा
जलसरोकार
काठमाडौं: आईएमई ग्रुपको लगानीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा आएको छ । नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा निमार्ण भएको उक्त रिसोर्ट’ सोमबारदेखि सञ्चालनमा आएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको उद्घाटन गरे । कार्यक्रममा पाण्डेले संस्कृति, विकास र साझेदारीको नमुनाका रूपमा मौलाकाली केबुलकार विकास भएको बताए ।
उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिट्टै परिमार्जन गर्ने बताए । यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास उनको छ ।
इला होटल सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा मौलाकाली केबुलकार लिमिटेड अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधार विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाए थप लगानी गर्ने बताए ।
‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहले प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
गैंडाकोटका मेयर मदनभक्त अधिकारीले गंैडाकोटमा ठुल्ठूला पर्यटन पूर्वाधार बनेकोमा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरू तयार रहेको बताए ।
पूर्वमेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधार विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढेको बताए ।
मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको इला होटलमा सुइट तथा डिलक्स सहित ६५ कोठा, १ हजार क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने