जलविद्युतमार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने लक्ष्य छ : मन्त्री खड्का
जलसरोकार
काठमाडौँ : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल अघि बढाएको बताए । उनले कुनैपनि जलविद्युत् आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरुले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताए ।
“कुनै आयोजनाहरु विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेपनि हुनेले लगानी गर्ने र नहुनेले लगानी गर्न नसक्ने अवस्था रहकाले पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन भन्नेबारे मन्त्रालयले छलफल गरिरहेको छ । तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन सक्दैन”, मन्त्री खड्काले भने ।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रुपमा लिएको उनले बताए । मुलुकको विकासका लागि सकारात्मक कुरालाई समावेश गरेर जाने मन्त्री खड्काले उल्लेख गरे ।
उनले सरकारले अबको १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताए । “योमध्ये १३ हजार पाँच सय मेगावाट विद्युत् नेपालमा नै खपत गर्ने र १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको छ”, उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै