बाढीले जलविद्युत् आयोजना बगायो
जलसरोकार
सङ्खुवासभा: शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । “बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ”, उनले भने, ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।
घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा
-
विद्युत् प्राधिकरणमा मनाेज सिलवालको ७८ दिन : निर्णयहीनताबाट परिणामतर्फ