बाढीले जलविद्युत् आयोजना बगायो
जलसरोकार
सङ्खुवासभा: शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । “बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ”, उनले भने, ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।
घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित