बाढीले हाइड्रोपावरको बाँध बगायो
जलसरोकार
सङ्खुवासभा: अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो ।
प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण सङ्कलनमा केही समय लाग्ने बस्नेतले बताए । थप क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो
-
विद्युत् प्राधिकरणमा कर्मचारी संघको समानान्तर अर्काे संस्था, तदर्थ समिति गठन
-
एनएमबी बैंकको नयाँ ईभी ऋण योजना, ७.१३ प्रतिशत ब्याजदरमा उपलब्ध
-
कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन जनमत पार्टीको माग
-
प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पुल निर्माण हुँदै