मध्य भोटेकोसी जलविद्युतको पहिलो युनिट सफलतापूर्वक ग्रिडमा जडान
जलसरोकार
काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट आज राष्ट्रिय विद्युत् ग्रिडमा सफलतापूर्वक जडान गरिएको छ।
आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट आज मात्र ग्रिडमा पठाइएको हो भने बाँकी युनिटहरूको परीक्षण र क्रमिक सिंक्रोनाइजेसन अर्को सातदेखि दस दिनभित्र सम्पन्न गरिनेछ।
परीक्षणहरू सफलतापूर्वक पूरा भएपछि कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई पन्ध्र दिनसम्म भुक्तानी नगरी बिजुली आपूर्ति गर्ने र त्यसपछि मात्र व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ।यो आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको हो। वार्षिक झन्डै ५४२ लाख युनिट विद्युत उत्पादन गर्ने अनुमान गरिएको यस आयोजना लामो समयदेखि विभिन्न चुनौतीहरूका कारण ढिलो हुँदै आएको हो। २०७९ सालमै ७५ प्रतिशतभन्दा बढी काम पूरा भए पनि भूकम्प, पहिरो, प्राविधिक समस्या र ट्रान्समिसन लाइनमा स्थानीय अवरोधले परियोजनाको प्रगति ढिलाइ गरेको थियो। अन्ततः प्राधिकरण र स्थानीय प्रशासनको पहलमा खिम्ती–बाह्रबिसे प्रसारण लाइन जडानको काम अघि बढेपछि आयोजनाले विद्युत् परीक्षण गर्ने अवस्था पाएको हो।
आज पहिलो युनिट सफलतापूर्वक ग्रिडमा जडान भएसँगै मध्य भोटेकोसीले अब नेपालका ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान दिने संकेत देखाएको छ। बाँकी युनिट पनि निर्धारित समयमै सञ्चालनमा आएमा यसले मुलुकमा विद्युत आपूर्ति बढाउनुका साथै ऊर्जा आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा