मध्य भोटेकोसी जलविद्युतको पहिलो युनिट सफलतापूर्वक ग्रिडमा जडान
जलसरोकार
काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट आज राष्ट्रिय विद्युत् ग्रिडमा सफलतापूर्वक जडान गरिएको छ।
आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट आज मात्र ग्रिडमा पठाइएको हो भने बाँकी युनिटहरूको परीक्षण र क्रमिक सिंक्रोनाइजेसन अर्को सातदेखि दस दिनभित्र सम्पन्न गरिनेछ।
परीक्षणहरू सफलतापूर्वक पूरा भएपछि कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई पन्ध्र दिनसम्म भुक्तानी नगरी बिजुली आपूर्ति गर्ने र त्यसपछि मात्र व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ।यो आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको हो। वार्षिक झन्डै ५४२ लाख युनिट विद्युत उत्पादन गर्ने अनुमान गरिएको यस आयोजना लामो समयदेखि विभिन्न चुनौतीहरूका कारण ढिलो हुँदै आएको हो। २०७९ सालमै ७५ प्रतिशतभन्दा बढी काम पूरा भए पनि भूकम्प, पहिरो, प्राविधिक समस्या र ट्रान्समिसन लाइनमा स्थानीय अवरोधले परियोजनाको प्रगति ढिलाइ गरेको थियो। अन्ततः प्राधिकरण र स्थानीय प्रशासनको पहलमा खिम्ती–बाह्रबिसे प्रसारण लाइन जडानको काम अघि बढेपछि आयोजनाले विद्युत् परीक्षण गर्ने अवस्था पाएको हो।
आज पहिलो युनिट सफलतापूर्वक ग्रिडमा जडान भएसँगै मध्य भोटेकोसीले अब नेपालका ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान दिने संकेत देखाएको छ। बाँकी युनिट पनि निर्धारित समयमै सञ्चालनमा आएमा यसले मुलुकमा विद्युत आपूर्ति बढाउनुका साथै ऊर्जा आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता