साताको पहिलो दिन सेयर बजारमा तीव्र उतारचढाव, ११ महिनायताकै उच्च कारोबार
जलसरोकार
काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। अघिल्लो कारोबार दिन २८७० अंकमा बन्द भएको नेप्से सूचक आइतबार दिउँसो एक चरणमा ५२ अंकले बढेर २९२२ मा पुगे पनि दिनको अन्त्यमा फेरि घटेर २८७० मा झरेको छ।
अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा बजार २.८७ अंक घटेर २८६७ अंकमा बन्द भएको छ। तर समायोजनपछि सूचक अघिल्लो दिनको तुलनामा ०.३२ अंकले मात्र बढेको देखिएको छ।
११ महिनायता उच्चतम कारोबार
बजारमा ठूलो उतारचढाव भए पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। आइतबारको कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन ११ महिनायता (२ भदौ यता) को सबैभन्दा उच्च हो। गत वर्षको साउन ३२ गते २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।
१०५ कम्पनीको मूल्य बढ्यो, १४४ को घट्यो
दिनभरको कारोबारमा १०५ कम्पनीको मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ। फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशतले घटेको छ। बैंकिङ समूह १.३८, हाइड्रोपावर ०.४२, उत्पादन तथा प्रशोधन १.१२, व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
त्यस्तै, ‘अन्य’ समूह ३.३६ प्रतिशतले, जीवन बीमा १.४०, निर्जीवन बीमा १.३७ र होटल तथा पर्यटन समूह १.२४ प्रतिशतले बढेका छन्।
५ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि
सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८ र नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशतले मूल्य बढेको छ।
सबैभन्दा धेरै घट्नेमा समृद्धि फाइनान्स
समृद्धि फाइनान्सको मूल्य ८.८८ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट आएको छ। दोर्दीखोला हाइड्रोपावर ४.६१ र पञ्चकन्या माइ हाइड्रोपावर ४.५१ प्रतिशतले घटेका छन्।
उल्लेखनीय कारोबार गर्ने कम्पनीहरू
रकमका आधारमा धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर रहेका छन्।
हाल सेयर बजारको पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?