बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध
जलसरोकार
काठमाडौँ - बाढीले मुसिकोट नगरपालिका- ८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन् । बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रशारणको लाइन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।
यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कल गर्न सुरु गरेको उनको भनाइ छ । बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्को नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए । नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजार भन्दाबढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।
उक्त क्षेत्रमा परोपकार लघुजलविद्युत्बाट एक सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युत्बाट ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्