बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध


काठमाडौँ - बाढीले मुसिकोट नगरपालिका- ८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन् । बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रशारणको लाइन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।
यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कल गर्न सुरु गरेको उनको भनाइ छ । बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्को नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए । नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजार भन्दाबढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।
उक्त क्षेत्रमा परोपकार लघुजलविद्युत्बाट एक सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युत्बाट ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन