टीओडी मिटर अध्ययनवाला कमिटीलाई विद्युत् प्राधिकरण सञ्चालक समितिले नै मान्यता दिएन
जलसरोकार
काठमाडौं : व्यापारीका बिजुली बक्यौता नउठाउनका लागि ऊर्जा मन्त्रालयले गठन गरेको टीओडी मिटरवाला समितिलाई नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले मान्यता नदिएको छ ।
गत पुस ५ गते बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णयमा आज मंगलबार माइन्यूटिङ हुँदा चारजना सदस्यले मात्र हस्ताक्षर गरेको र बहुमत नपुगेका कारण टीओडीवाला कमिटीले मान्यता नपाएको हो ।
ऊर्जा मन्त्री, ऊर्जा सचिव र ऊर्जा मन्त्रीले नियुक्त गरेका दुइजना सञ्चालकले मात्र माइन्यूटिङमा हस्ताक्षर गरेको एक सञ्चालकले बताए ।
प्राधिकरणको इतिहासमा पहिलोपटक कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त निर्णयमा असहमति जनाएर माइन्यूटिङमा हस्ताक्षर गरेनन् । सञ्चालक समिसतको निर्णय वैध हुन पाँचजना सञ्चालकको हस्ताक्षर हुनुपर्छ ।
राजस्व सचिव दिनेश घिमिरे बैठकमा अनुपस्थित भए भने सञ्चालक समिति सदस्य रतनबहादुर ऐरले असहमति जनाए ।
उक्त टीओडी मिटरवाला डा. अरविन्द मिश्रको कमिटी अवैध रहेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ ।
यसअघि राजस्व सचिव घिमिरे बक्यौता नतिर्ने व्यापारीको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको बैठकमा अनुपस्थित थिए । उनले पछि बैठकमा सहभागी नै नभए पनि लाइन जोड्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
राजस्व सचिवले नै राजस्व उठाउन हुँदैन भनेर हस्ताक्षर गरेको यो पहिलोपटक थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्