विद्युत् प्राधिकरणले उद्योगका काटिएका लाइन पुन जोड्ने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बक्यौता भुक्तानी नगरेका उद्योगहरुको काटिएको लाइन पुनः जोड्ने निर्णय गरेको छ ।
आज मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिले आगामी तीन महिनाभित्र ती उद्योगहरुले बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने गरी लाइन जोड्ने निर्णय भएको हो ।
प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले लाइन जोड्ने निर्णयप्रति असहमति जनाई ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
पुन र आचार्यबाहेक सञ्चालक समितिका सबै सदस्यहरु लाइन जोड्ने पक्षमा थिए । ती सदस्यका अनुसार लाइन जोड्ने आधार भने विद्युत् नियमन आयोगले गत आइतबार लेखेको पत्रलाई लिइएको छ ।
प्राधिकरणले जगदम्बा स्टिल (बक्यौता रु १ अर्ब ६० करोड), रिलायन्स स्पिनिङ (बक्यौता ७६ करोड), हुलास स्टिल (बक्यौता (१४ करोड), जगदम्बा सिन्थेटिक (२० करोड), अर्घाखाँची सिमेन्ट (४५ करोड) र घोराही सिमेन्ट (५९ करोड ) को विद्यत् लाइन गत असार २५ देखि २७ गतेका बीच काटेको थियो ।
प्रधानमन्त्रीमा केपी ओली नियुक्ती भएलगत्तै उनले ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल लाइन जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरणका एक अधिकारीका अनुसार सञ्चालक समितिको निर्णयको पत्र आउनेबित्तिकै लाइन जोडिनेछ । ‘भ्याएसम्म आजै जोड्छौं, नभ्याए भोलि,’ उनले जलसरोकारसँग मंगलबार भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ