विद्युत् प्राधिकरणले उद्योगका काटिएका लाइन पुन जोड्ने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बक्यौता भुक्तानी नगरेका उद्योगहरुको काटिएको लाइन पुनः जोड्ने निर्णय गरेको छ ।
आज मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिले आगामी तीन महिनाभित्र ती उद्योगहरुले बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने गरी लाइन जोड्ने निर्णय भएको हो ।
प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले लाइन जोड्ने निर्णयप्रति असहमति जनाई ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
पुन र आचार्यबाहेक सञ्चालक समितिका सबै सदस्यहरु लाइन जोड्ने पक्षमा थिए । ती सदस्यका अनुसार लाइन जोड्ने आधार भने विद्युत् नियमन आयोगले गत आइतबार लेखेको पत्रलाई लिइएको छ ।
प्राधिकरणले जगदम्बा स्टिल (बक्यौता रु १ अर्ब ६० करोड), रिलायन्स स्पिनिङ (बक्यौता ७६ करोड), हुलास स्टिल (बक्यौता (१४ करोड), जगदम्बा सिन्थेटिक (२० करोड), अर्घाखाँची सिमेन्ट (४५ करोड) र घोराही सिमेन्ट (५९ करोड ) को विद्यत् लाइन गत असार २५ देखि २७ गतेका बीच काटेको थियो ।
प्रधानमन्त्रीमा केपी ओली नियुक्ती भएलगत्तै उनले ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल लाइन जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरणका एक अधिकारीका अनुसार सञ्चालक समितिको निर्णयको पत्र आउनेबित्तिकै लाइन जोडिनेछ । ‘भ्याएसम्म आजै जोड्छौं, नभ्याए भोलि,’ उनले जलसरोकारसँग मंगलबार भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै