घाटामा छ भनेको विद्युत् प्राधिकरणले १० अर्ब ५२ करोड नाफा भएको देखायो
जलसरोकार
काठमाडौं : खुद ५ अर्ब २६ करोड रुपैयाँको घाटामा रहेको हल्लाखल्ला गर्दै श्वेत पत्र जारी गरेको नेपाल विद्युत् प्राधिकरणले भने अर्थ मन्त्रालयलाई १० अर्ब ५२ करोड ७१ लाख ५ हजार खुद मुनाफा रहेको विवरण दिएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको समीक्षामा प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड ३४ लाख पुगेको उल्लेख छ ।
प्राधिकरणले गत वैशाखमा श्वेत पत्र जारी गर्दै आफू ५ अर्ब २६ करोड रुपैयाँ घाटा रहेकाले १० अर्ब रुपैयाँ ऋण लिएर ठेकेदार तथा सेवा प्रदायकहरुलाई भुक्तानी गर्ने बताएका थियो ।
समीक्षाअनुसार प्राधिकरणले आव २०८१÷८२ मा १ खर्ब १५ अर्ब ५० करोड ४५ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो । उसले उक्त अवधिमा कर्मचारी खर्च ५ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्