घाटामा छ भनेको विद्युत् प्राधिकरणले १० अर्ब ५२ करोड नाफा भएको देखायो
जलसरोकार
काठमाडौं : खुद ५ अर्ब २६ करोड रुपैयाँको घाटामा रहेको हल्लाखल्ला गर्दै श्वेत पत्र जारी गरेको नेपाल विद्युत् प्राधिकरणले भने अर्थ मन्त्रालयलाई १० अर्ब ५२ करोड ७१ लाख ५ हजार खुद मुनाफा रहेको विवरण दिएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको समीक्षामा प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड ३४ लाख पुगेको उल्लेख छ ।
प्राधिकरणले गत वैशाखमा श्वेत पत्र जारी गर्दै आफू ५ अर्ब २६ करोड रुपैयाँ घाटा रहेकाले १० अर्ब रुपैयाँ ऋण लिएर ठेकेदार तथा सेवा प्रदायकहरुलाई भुक्तानी गर्ने बताएका थियो ।
समीक्षाअनुसार प्राधिकरणले आव २०८१÷८२ मा १ खर्ब १५ अर्ब ५० करोड ४५ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो । उसले उक्त अवधिमा कर्मचारी खर्च ५ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा