विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
१४ वटा आयोजनाका लागि ईओआई खुला, बुट (BOOT) मोडेलमा विकास गरिने
जलसरोकार
काठमाडौँ : विद्युत् विकास विभागले केही जलविद्युत् आयाेजनाका लाइसेन्स निजी क्षेत्रलाई बोलकबाेलमार्फत बिक्री गर्न आज मंगलबार सूचना जारी गरेकाे छ ।
विभागले देशका विभिन्न जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरू विकास गर्न इच्छुक नेपाली कम्पनी तथा संयुक्त उपक्रमहरूबाट अभिरुचि पत्र (Expression of Interest–EOI) आह्वान गरेको छ।
मंगलबार प्रकाशित सूचनाअनुसार विभागले बिल्ड–ओन–अपरेट–ट्रान्सफर (BOOT) मोडेल मा १४ वटा जलविद्युत् आयोजना विकास गर्न प्रस्ताव आह्वान गरेको हो। यी आयोजनाहरू सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ र नियमावली, २०७७ अनुसार विकास गरिने विभागले जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार हुम्ला, जुम्ला, बाजुरा, दार्चुला, डडेलधुरा, म्याग्दी, रुपन्देही, सोलुखुम्बु, रोल्पा लगायत जिल्लामा फैलिएका कुल १४ वटा आयोजना समावेश छन्। ती आयोजनाहरूको क्षमता करिब १ मेगावाटदेखि ५३ मेगावाटसम्म रहेको छ।
हुम्ला कर्णाली, इन्कु खोला, अपर चमेलिया, कावाडी खोला, जावा खोला, म्याग्दी खोला, बुढी गंगा साना जलविद्युत् आयोजना लगायतका आयोजना सूचीमा परेका छन्।
ईओआई बुझाउने म्याद र प्रक्रिया
इच्छुक तथा योग्य प्रस्तावकहरूले २०७२ साल माघ २ गते (जनवरी १६, २०२६) दिउँसो १२ बजेसम्म अभिरुचि पत्र बुझाउनुपर्नेछ। सोही दिन दिउँसो १ बजे विभागमै ईओआई खोलिने सूचनामा उल्लेख छ।
ईओआई दस्तुरबापत रु. १ लाख ५० हजार (फिर्ता नहुने) रकम सरकारी राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यक कागजात विभागबाट वा विभागको आधिकारिक वेबसाइटमार्फत निःशुल्क प्राप्त गर्न सकिनेछ।
विद्युत् विकास विभागका अनुसार ईओआईको मूल्यांकन प्राविधिक क्षमता (३० प्रतिशत), आर्थिक क्षमता (४० प्रतिशत) र आयोजना विकास अनुभव (३० प्रतिशत) का आधारमा गरिनेछ।
छनोटमा परेका प्रस्तावकहरूलाई पछि Request for Proposal (RFP) जारी गरिनेछ। अन्तिम छनोट भने प्रस्तावित अपफ्रन्ट भ्यालु को आधारमा हुने विभागले स्पष्ट पारेको छ।
सरकारले निजी क्षेत्रको सहभागिता बढाउँदै जलविद्युत् विकासलाई तीव्रता दिन यस्तो प्रक्रिया अघि बढाएको हो। यसबाट ऊर्जा उत्पादन वृद्धि हुनुका साथै स्थानीय रोजगारी र क्षेत्रीय विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
आह्वान गरिएका जलविद्युत् आयोजनाहरू
- हुम्ला कर्णाली जलविद्युत् आयोजना – ६१.०२ मेगावाट (हुम्ला)
- इन्कु खोला जलविद्युत् आयोजना – २१.४ मेगावाट (सोलुखुम्बु)
- अपर चमेलिया जलविद्युत् आयोजना – ५३.०५ मेगावाट (दार्चुला)
- कावाडी खोला–१ जलविद्युत् आयोजना – ३३.३ मेगावाट (हुम्ला तथा बाजुरा)
- कावाडी खोला जलविद्युत् आयोजना – ३० मेगावाट (हुम्ला तथा बाजुरा)
- जुगाडा जलविद्युत् आयोजना – १.०३ मेगावाट (बाजुरा)
- जावा खोला जलविद्युत् आयोजना – १५.२० मेगावाट (जुम्ला)
- म्याग्दी खोला जलविद्युत् आयोजना – १०.२ मेगावाट (म्याग्दी)
- बुढी गंगा साना जलविद्युत् आयोजना – १०.८५ मेगावाट (बाजुरा)
- रुप्सागढ जलविद्युत् आयोजना – ८.६२५ मेगावाट (डडेलधुरा)
- लुङ्री खोला जलविद्युत् आयोजना – ९ मेगावाट (रोल्पा)
- भेरी खोला जलविद्युत् आयोजना – ४.१ मेगावाट (जुम्ला)
- न्याउरगाड जलविद्युत् आयोजना – ४.०१८ मेगावाट (जुम्ला)
- डटिगाड जलविद्युत् आयोजना – २.५२ मेगावाट (डडेलधुरा)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति
-
सञ्चालक समितिको निर्णयविपरीत प्राधिकरणले फेरि रेट तोकेर भारतबाट बिजुली आयातको टेन्डर निकाल्यो
-
सुनचाँदीको मुल्य सस्तियो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कालिन्चोक हाइड्रोपावरले फागुन १३ देखि आईपीओ निष्काशन गर्ने
-
पश्चिमी वायुको प्रभावः उच्च पहाडी क्षेत्रमा बादल, तराईमा हुस्सु र तुँवालोको सम्भावना
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो