दरमखोला हाइड्रो इनर्जीको आईपीओ ९ असारदेखि खुल्ने, सर्वसाधारणका लागि ३८.३३ प्रतिशत सेयर
जलसरोकार
काठमाडौं: दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि खुल्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि कम्पनीको आईपीओ खुल्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ । सर्वसाधारण समूहको कुल ३९ लाख ५० हजार कित्ता सेयर मध्ये वैदेशिक रोजगारमा रहेकालाई ५८ हजार ३९० कित्ता तथा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्कासन हुन लागेको हो ।
आयोजना प्रभावितका रुपमा गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका, बाग्लुङको बडीगाड गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिक हुन् ।
आयोजना प्रभावित स्थानीयले छिटोमा असार २३ गतेसम्म तथा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरम खोला पावरहाउस आवेदन केन्द्र रहेका छन् ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकाले असार २३ गतेसम्म अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत २ अर्ब ३८ करोड अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २५ करोड अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य