दरमखोला हाइड्रो इनर्जीको आईपीओ ९ असारदेखि खुल्ने, सर्वसाधारणका लागि ३८.३३ प्रतिशत सेयर


काठमाडौं: दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि खुल्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि कम्पनीको आईपीओ खुल्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ । सर्वसाधारण समूहको कुल ३९ लाख ५० हजार कित्ता सेयर मध्ये वैदेशिक रोजगारमा रहेकालाई ५८ हजार ३९० कित्ता तथा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्कासन हुन लागेको हो ।
आयोजना प्रभावितका रुपमा गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका, बाग्लुङको बडीगाड गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिक हुन् ।
आयोजना प्रभावित स्थानीयले छिटोमा असार २३ गतेसम्म तथा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरम खोला पावरहाउस आवेदन केन्द्र रहेका छन् ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकाले असार २३ गतेसम्म अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत २ अर्ब ३८ करोड अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २५ करोड अनुमान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
बुधबार नेप्से ५३ अंकले उकालो, कारोबार ७ अर्ब ६८ करोड
-
घर हिंड्न लागेका सचिवसँग ऊर्जामन्त्रीको ‘कार्य सम्पादन सम्झौता’
-
पहिलो महिनामै थपियो सरकारी ऋण १४ अर्ब बढी
-
प्राधिकरणले छुट बिल बापत उठायो साढे ८ करोड रुपैयाँ
-
ग्रीन भेन्चर्सद्वारा कालीगण्डकी गर्ज हाइड्रोपावरमा ५१ प्रतिशत सेयर खरिद, जलविद्युत बजारमा नयाँ समीकरण
-
एक वर्षमै १६ वटा डिप बोरिङ, ४२५ हेक्टरमा सिँचाइ सुविधा