मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट
जलसरोकार
काठमाडौं: ऊर्जा क्षेत्रमा गत आर्थिक वर्षसम्म मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट पुगेको छ । यसमध्ये जलविद्युत् मात्र ३,३९० मेगावाट रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पर्यटन क्षेत्रतर्फ, २०८१/८२ मा ११ लाख ४७ हजार ८३४ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो, जसले कोभिड–१९ पछि पुनः लयमा फर्किन खोजिरहेको पर्यटन उद्योगलाई थप बल मिलेको देखिन्छ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रका प्रमुख सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वार्षिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आन्तरिक र बाह्य दुवै क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्।
प्रतिवेदनअनुसार, गत आवमा सरकारको चालु खाता रु. ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रह्यो, अघिल्लो आवमा यो २ खर्ब २१ अर्ब ७१ करोडले मात्र बचतमा थियो। सोही अवधिमा शोधनान्तर स्थिति पनि बढ्दै रु. ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. १२ अर्ब २ करोड भित्रिएको छ भने खुद पुँजीगत ट्रान्सफर रु. ९ अर्ब ८४ करोड रहेको छ।
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान गरिएको छ। क्षेत्रगत रूपमा कृषिमा ३.२८ प्रतिशत, उद्योगमा ४.५३ प्रतिशत र सेवामा ४.२१ प्रतिशतको वृद्धि भएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवाको योगदान क्रमशः २५.१६, १२.८३ र ६२.०१ प्रतिशत रहेको छ।
कुल गार्हस्थ्य बचत जीडीपीको ६.५५ प्रतिशत रहेको छ भने कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचत क्रमशः जीडीपीको २४.०७ र ३६.२४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै