देश परिवर्तनको चरणमा छ, यथास्थितिबाट माथि उठाउने बेला आएको छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठेर देशको मुहार फेर्नुपर्ने समय आएको बताएका छन् । भक्तपुरमा सोमबार आयोजित नागरिक भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले अब प्रत्येक नागरिकले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि केही योगदान दिनुपर्नेमा जोड दिए ।
“देशले परिवर्तन खोजेको छ,” मन्त्री घिसिङले भने, “अब मैले के पाएँ भन्ने सोचभन्दा पनि देशले के पायो ? र हामीले देशलाई के दिन सक्छौँ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ । सबै जना गम्भीर भएर परिवर्तनको बाटोमा अघि बढ्नुपर्छ ।”
उनले देशमा भइरहेको राजनीतिक तथा सामाजिक परिवर्तनलाई संस्थागत गर्न नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे । यसै सन्दर्भमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई परिवर्तनलाई मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।
मन्त्री घिसिङले लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन निर्वाचनमार्फत जनताको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सबैको हातेमालो अपरिहार्य रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
-
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे महासंघ अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता
-
ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित
-
चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो
-
ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक पर्यावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ
-
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो