देश परिवर्तनको चरणमा छ, यथास्थितिबाट माथि उठाउने बेला आएको छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठेर देशको मुहार फेर्नुपर्ने समय आएको बताएका छन् । भक्तपुरमा सोमबार आयोजित नागरिक भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले अब प्रत्येक नागरिकले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि केही योगदान दिनुपर्नेमा जोड दिए ।
“देशले परिवर्तन खोजेको छ,” मन्त्री घिसिङले भने, “अब मैले के पाएँ भन्ने सोचभन्दा पनि देशले के पायो ? र हामीले देशलाई के दिन सक्छौँ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ । सबै जना गम्भीर भएर परिवर्तनको बाटोमा अघि बढ्नुपर्छ ।”
उनले देशमा भइरहेको राजनीतिक तथा सामाजिक परिवर्तनलाई संस्थागत गर्न नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे । यसै सन्दर्भमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई परिवर्तनलाई मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।
मन्त्री घिसिङले लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन निर्वाचनमार्फत जनताको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सबैको हातेमालो अपरिहार्य रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य