ऊर्जा क्षेत्रमा नीतिगत निर्णय र नेतृत्वको योगदानले नेपालको विद्युत् व्यापारमा ऐतिहासिक सफलता :अध्यक्ष कार्की
जलसरोकार
काठमाडौं, : नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिहरूको मूलमा सरकार र त्यसले अवलम्बन गरेका नीतिहरूको महत्वपूर्ण भूमिका रहेको स्पष्ट देखिएकाे इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । २३ औ बार्षिक साधारणसभालाई सम्बाेधन गर्दै अध्यक्ष कार्कीले विद्युत् ऐन २०४९ र २०५५ सालमा विद्युत् खरिद सम्झौता (PPA) खुलाउने नीतिले निजी क्षेत्रको सहभागिता सुनिश्चित गरेको बताए ।
झन्डै ११ वर्षअघि तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको पालामा नेपाल–भारतबीच विद्युत् व्यापार सम्झौता (PTA) सम्पन्न हुनु, ऊर्जा विकासमा ऐतिहासिक कदम सावित भएको पनि बताए ।
त्यसपछि, २०७८ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु भई विद्युत् व्यापारले नयाँ मोड लिएको हो, उनले भने, सोही भ्रमणको क्रममा ३२५ मेगावाट थप निर्यात गर्न सहमति भएको थियो ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ऊर्जा सहकार्यका लागि संयुक्त भिजन पत्र (Joint Vision Statement on Power Sector Cooperation) मा हस्ताक्षर भयो, जसमा दुई देशबीच जलविद्युत् विकास, ग्रिड सिङ्क्रोनाइजेसन, विद्युत् बजारमा पहुँच, र बीबीआईएन (BBIN) साझेदारी विस्तार जस्ता महत्वपूर्ण बुँदाहरू समावेश छन् ।
यस सम्झौताको आधारमा भारतको डे–अहेड र रियल टाइम बजारमा नेपाली विद्युत् निर्यात खुला भएको हो ।
त्यसपछि, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० वर्षभित्र १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन समझदारी भएको थियो । हालसम्म भारतले नेपालबाट ९४१ मेगावाट सम्म विद्युत् आयात गर्न अनुमति दिइसकेको छ ।
ऊर्जा मन्त्री दीपक खड्काको सक्रियतामा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भएको छ, जसले नेपाललाई दक्षिण एशियाली विद्युत् व्यापारको सम्भावनातर्फ डोर्याएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, तथा ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा भएका यी महत्वपूर्ण पहलहरूले ऊर्जा मार्फत आर्थिक समृद्धिको दिशामा देशलाई अघि बढाउने दृढ आधार बनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा