मादीनदीमाथिको पुल निर्माण ७१ प्रतिशत पूरा, काम अन्तिम चरणमा
जलसरोकार
दमौली: मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माणाधीन मादीनदीमाथिको चार लेनको पुल अन्तिम चरणमा पुगेको छ । ब्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल निर्माण कार्य तीव्र र प्रभावकारी ढंगले भइरहेको छ । “पुलमा छ वटा स्पान हुनेछ, जसको कुल लम्बाइ ३१५ मिटर हुनेछ,” उनले जानकारी दिए ।
पृथ्वी राजमार्ग अन्तर्गत बन्ने सवैभन्दा लामो आर्क डिजाइनको पुलको निर्माण कार्य सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर सुरु गरिएको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । हाल नदीमाथि रहेको दुई लेनको ३७० मिटर लम्बाइको पुलभन्दा ५० मिटर दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
पूर्वी खण्डअन्तर्गतको आँबुखैरेनीदेखि जामुनेसम्मको १३ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने सडकको ८६ प्रतिशत काम पूरा भएको पाण्डेले बताए । उक्त खण्डको ४१.४५ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो । यस खण्डको निर्माण कार्य चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । सो सडकको निर्माणमा ८८एडिबी (एसियाली विकास बैंक)८८को ऋण सहयोग रहेको छ ।
पूर्वी खण्डको कुल लागत छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ । यद्यपि, असार २९ गते ठेक्का म्याद सकिए पनि केही काम बाँकी रहेकाले म्याद थपका लागि सिफारिस गरिएको इञ्जिनियर पाण्डेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ