मादीनदीमाथिको पुल निर्माण ७१ प्रतिशत पूरा, काम अन्तिम चरणमा
जलसरोकार
दमौली: मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माणाधीन मादीनदीमाथिको चार लेनको पुल अन्तिम चरणमा पुगेको छ । ब्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल निर्माण कार्य तीव्र र प्रभावकारी ढंगले भइरहेको छ । “पुलमा छ वटा स्पान हुनेछ, जसको कुल लम्बाइ ३१५ मिटर हुनेछ,” उनले जानकारी दिए ।
पृथ्वी राजमार्ग अन्तर्गत बन्ने सवैभन्दा लामो आर्क डिजाइनको पुलको निर्माण कार्य सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर सुरु गरिएको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । हाल नदीमाथि रहेको दुई लेनको ३७० मिटर लम्बाइको पुलभन्दा ५० मिटर दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
पूर्वी खण्डअन्तर्गतको आँबुखैरेनीदेखि जामुनेसम्मको १३ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने सडकको ८६ प्रतिशत काम पूरा भएको पाण्डेले बताए । उक्त खण्डको ४१.४५ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो । यस खण्डको निर्माण कार्य चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । सो सडकको निर्माणमा ८८एडिबी (एसियाली विकास बैंक)८८को ऋण सहयोग रहेको छ ।
पूर्वी खण्डको कुल लागत छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ । यद्यपि, असार २९ गते ठेक्का म्याद सकिए पनि केही काम बाँकी रहेकाले म्याद थपका लागि सिफारिस गरिएको इञ्जिनियर पाण्डेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य