नेपालमा जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बर अध्यक्षको आग्रह
जलसरोकार
काठमाडौं: नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलंकाका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।
श्रीलंका भ्रमण क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल–श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलन क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।
नेसनल चेम्बर अफ कमर्स श्रीलंकाका पदाधिकारीसँगको भेटमा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।
नेपालमा लगानीका क्षेत्रबारे श्रीलंकाका व्यवसायीलाई जानकारी दिँदै अग्रवालले दुई देशको निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ ।
कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसर, लगानीका चुनौती नीति तथा कानुनी संरचना लगायत विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलंकाली निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य