बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणका अधिकांश प्रदेश प्रमुखहरुले विद्युत् चुहावट बढाए (विस्तृत विवरणसहित)
-
सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढ्यो
-
आगामी २४ घण्टासम्म पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना
-
प्राधिकरणमा विद्युत् चुहावट मात्रै १२ अर्ब ७० करोड रुपैयाँ बराबर
-
सिंचाइको मिटर रिडिङका कारण मधेसमा विद्युत् चुहावट घट्यो
-
तीन दिनपछि सेयर बजार उकालो, सोमबार १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घट्यो