राष्ट्रपति र उपराष्ट्रपतिको बजेट मात्रै २४ करोड ६४ लाख
जलसरोकार
काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रपति र उपराष्ट्रपति (राष्ट्र प्रमुख) का तलब भत्तामा मात्र २२ करोड ९ लाख रुपैयाँ खर्च हुने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा आगामी वर्ष २०८२/८३ का लागि पेश गरेको बजेटमा राष्ट्रपतिको चालू खर्च १४ करोड ३६ लाख, उपराष्ट्रपकिो ५ करोड १७ लाख रुपैयाँ छुट्याइएको छ ।
आगामी आवमा राष्ट्रपतिको पुँजीगत खर्च २ करोड ५६ लाख र उपरराष्ट्रपतिको पुाजीगत खर्च २ करोड ५५ लाख रुपैयाँको हुनेछ ।
त्यसैगरी संघीय सांसदहरुको लागि १ अर्ब ६० करोड २९ लाख रुपैयाँ खर्च छुट्याएको छ ।
त्यसैगरी अदाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद्, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मु्स्लिम आयोग गरी संवैधानिक आयोगहरुका लागि १६ अर्ब ९७ करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ ।
यसरी सरकारका सबै निकायहरुको चालू र पूँजीगत गरी आगामी वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च हुने भएको छ ।
यसमध्ये चालू खर्च ११ खर्ब (कुल बजेटको ६० प्रतिशत) र पूँजीगत खर्च ४ खर्ब ७ अर्ब (२०.८ प्रतिशत), वित्तीय व्यवस्थापन ३ खर्ब ७५ अर्ब रुपैयाँ हुनेछ ।
कुल बजेटमा राजस्वको अंश १३ खर्ब १५ अर्ब हुने, ५ खर्ब आन्तरिक तथा बाह्य ऋण हुने अर्थमन्त्री पौडेलले बताए । यसमा वैदेशिक ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य