ऊर्जा क्षेत्रका लागि आएको बजेट स्वागतयोग्य छ : चेम्बर अध्यक्ष अग्रवाल
जलसरोकार
काठमाडौं, : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा बजेट स्वागतयोग्य रहेको बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यले ल्याइएका कार्यक्रमहरू सकारात्मक रहेको बताए।
“सरकारले ऊर्जा क्षेत्रका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागतयोग्य छ,” अग्रवालले भने, “विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरिएको छ। साथै ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधान गर्ने खालका कार्यक्रम पनि बजेटमा समेटिएका छन्।”
उनले नेपालमा राम्रो नीति निर्माण भए पनि कार्यान्वयन पक्ष कमजोर रहने गरेको टिप्पणी गरे। “नेपाल लामो समयदेखि नीति र नियतिको दलदलमा फसेको छ,” उनले भने, “नीति जहिले पनि राम्रो आउँछ, तर नियति राम्रो हुँदैन। त्यसैले अपेक्षाअनुसार काम हुन सकेको छैन।”
अग्रवालले यसपटक पनि नीति तथा कार्यक्रम र बजेटले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताए।
उनले नेपालको जलस्रोतलाई देशको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रले आर्थिक समृद्धिको आधार बन्न सक्ने धारणा राखे।
“नेपालको पानी भनेको सुनको खानी हो,” उनले भने, “यसको सही उपयोग गर्न सकियो भने ऊर्जा क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ।”
अग्रवालले ऊर्जा उत्पादन, प्रसारण, व्यापार र निर्यातका क्षेत्रमा निजी क्षेत्रको भूमिका अझ विस्तार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह समेत गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्याउन सुरुङसम्म अब ३५ मिटर बाँकी
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि
-
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
-
सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न
-
९१ जलविद्युत् कम्पनीको वित्तीय र्याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो