माथिल्लो तामाकोसीको बाँध नियन्त्रण कक्षमा पुरिएका चारैजनाको शव निकालियो
जलसरोकार
काठमाडौं : गत शनिबार माथिदेखि झरेको पहिरोमा परी बेपत्ता भएका माथिल्लो तामाकोसी जलविद्युत्को बाँध नियन्त्रण कक्षमा कार्यरत दुई कर्मचारी र दुई सुरक्षाकर्मीको ४८ घण्टापछि आज शव निकालिएको छ ।
माथिल्लो तामाकोसी विद्युत् केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितका अनुसार बाँध नियन्त्रण कक्षमा पुरिएकाहरुको ४८ घण्टा लगाएर शव झिकिएको हो ।
मृत्यु हुनेमा नेपाली सेनाका दुईजना र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका दुईजना कर्मचारी छन् । कर्मचारीहरुमा फोरमेन कृष्णप्रसाद चौधरी र हेल्पर जयराम तामाङ रहेको केन्द्र प्रमुख रञ्जितले बताए ।
चारवटै लासलाई आज दोलखाको चरिकोट अस्पताल लगिएको र त्यहाँ शवपरीक्षणपछि परिवारलाई बुझाइने पनि रञ्जितले जानकारी दिए ।
गत शनिबार बिहान दोलखाको लामाबगरस्थित तामाकोसीको बाँधस्थलको नजिकै रहेको कन्ट्रोल रुम रहेको भवनमाथि पहाडबाट विशाल पहिरो ओइरिएर पुरेको थियो ।
अबिरल वर्षा र तामाकोसीमा आएको विशाल बाढीका कारण पुरिएको भवनमा गएर तत्काल उद्धार गर्न सकिएको थिएन ।
हिजो ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त घटना भएको भोलिपल्ट मात्र घटनास्थलमा सुरक्षाकर्मी जान सकेको बताएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्