८ सय मेगावाट सौर्य विद्युत् परियोजनाको आवेदन दिने म्याद पुनः थप
जलसरोकार
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रकाे आवेदन दिने म्याद पुनः थपेको छ । असार ४ सम्म रहेको म्याद पुनः ३ साता थप गरेर असार २५ सम्म पुर्याएको हो । प्राधिकरणले पछिल्लो पटक ३ साता (२१ दिन) म्याद थपेको छ । यसअघि १ महिनाको लागि म्याद थप गरेको थियो । इच्छुक कम्पनीले अब असार २५ गते दिउँसो २ बजेसम्म आवेदद दिन सकिने प्राधिकरणले जनाएको छ ।
२०८०, चैत २१ गते ४५ दिनको समय तोकेर देशभरका आफ्ना नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी ८०० मेगावाटको सोलार परियोजनाको लागि प्राधिकरणले आवदेन माग गरेको थियो । आवेदन नपरेको भन्दै प्राधिकरणले म्याद थप गरेको हो ।
सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन सोलारको पीपीए प्रतिश्पर्धाबाट गर्ने भन्दै प्राधिकरणको सञ्चालक समितिको २०७८ माघ ९ गते बसेको बैठकले सौर्यप्रणालीमा आधारित विद्युत् (सोलार प्लान्ट) आयोजनालाई प्रतिस्पर्धामार्फत गर्ने निणर्य गरेको थियो । माघ ९ मा बसेको सञ्चालक समितिले पीपीएको बेसरेट तोक्न कार्यदलसमेत गठन गरेको थियो । सो कार्यदलले बेसरेट ५.९४ मा प्रतिस्पर्धा गराउन सुझाव दिएपछि हाल सोलार आयोजना ५ रुपैयाँ ९४ पैसालाई बेसरेटमा प्रतिस्पर्धा गर्ने गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि,२०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिद दर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो । उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने