मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
जलसरोकार
बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ। निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं. ५ ढाँडसम्मको सडक खण्डलाई स्तरोन्नति गरिएको हो।
विसं २०७३ मा ट्र्याक खोलिएको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिका को साझेदारीमा स्तरोन्नति गरिएको हो। सडक सुधारका लागि दुवै पक्षबाट रु एक–एक करोड गरी कुल रु दुई करोड बजेट विनियोजन गरिएको छ।
गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरका अनुसार यस वर्ष चार किलोमिटर सडकमा ग्राभेल, ढलान, नाली निर्माण, सडक फराकिलो बनाउने तथा ग्याविन पर्खाल निर्माणको काम गरिएको छ। आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८२ माघ २७ गते जेएसआर–केटी जेभीसँग सम्झौता गरिएको थियो।
बर्खायाममा निसीखोला गाउँपालिका–५ कालापैरामा आउने बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने भएकाले वैकल्पिक मार्गलाई सञ्चालनयोग्य बनाउन सडक स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ।
सूचना अधिकारी बाँठा मगरले सडक व्यवस्थित भएपछि वर्षायाममा लोकमार्ग अवरुद्ध हुँदा पनि छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरे ।
उक्त वैकल्पिक सडक ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ ढाँडसम्म २५ किलोमिटर लम्बाइको रहेको छ। यसले निसीखोला गाउँपालिकाका वडा नं. २, ४ र ५ तथा ढोरपाटन नगरपालिकाको वडा नं. २ लाई जोड्ने काम गर्दछ।
स्थानीय मीनबहादुर घर्ती मगरका अनुसार सडकमा ग्राभेल भएपछि यात्रु आवतजावत र सामान ढुवानीमा सहजता हुने भएको छ। ट्र्याक खुलेको करिब एक दशकसम्म पनि सडक व्यवस्थित नहुँदा नियमित रूपमा सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्।
स्थानीयवासीले सडक स्तरोन्नतिपछि पश्चिम नेपालबाट काठमाडौंतर्फ जाने सवारीसाधनका लागि समेत यो मार्ग उपयोगी बन्ने अपेक्षा गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म