आँखुखोला जलविद्युत्काे १७औँ र १८औँ वार्षिक साधारण सभा जेठ १५ मा हुने
जलसरोकार
काठमाडौँ : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १७औँ र १८औँ वार्षिक साधारण सभा १५ जेठमा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा आइतबार बिहान ११:०० बजे बालुवाटार प्लाजामा हुने भएकाे छ ।
कम्पनीले सूचना जारी गर्दै सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने जनाएको छ। त्यस्तै, उक्त अवधिका लेखापरीक्षक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गरी अनुमोदन गरिनेछ।
सभाले कम्पनी ऐन, २०६३ अनुसार आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि तय गरेको छ।
सञ्चालक चयन मुख्य एजेन्डा
विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुनेगरी १ जना महिला सहित ५ जना सञ्चालकको निर्वाचन गरिने कम्पनीले जनाएको छ।
शेयरधनीका लागि महत्वपूर्ण जानकारी
कम्पनीका अनुसार सभामा सहभागी हुन शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र वा नागरिकता/परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्नेछ। प्रतिनिधि (प्रोक्सी) मार्फत सहभागी हुन चाहने शेयरधनीले तोकिएको ढाँचामा प्रोक्सी फाराम भरेर सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालय, गैरीधारा, काठमाडौँमा दर्ता गराउनुपर्नेछ।
त्यसैगरी, शेयर दर्ता बन्द मितिभित्र नाम कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन पाउने व्यवस्था गरिएको छ।
कम्पनीले वार्षिक साधारण सभासम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै