साञ्जेन (४२.५ मेगावाट) को प्राविधिक परीक्षण पूरा, १५ दिनपछि बिजुली बिक्री सुरु हुने
जलसरोकार
काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेडवाट निर्माण सम्पन्न भएको सान्जेन जलविद्युत आयोजना (४२.५ मेगावाट ) तीनवटै युनिटको सम्पूर्ण प्राविधिक परीक्षण पूरा भई राष्ट्रिय प्रसारण प्रणालीमा जडान भएको छ ।
कम्पनी सचिव घनश्याम श्रेष्ठका अनुसार अव विद्युत खरिद विक्री सम्झौता वमोजिम १५ दिन पछि नेपाल विद्युत प्राधिकणलाई विद्युत विक्री शुरु गरिनेछ।
प्रत्येक युनिट १५ मे वा क्षमताका ३ वटै युनिटको सम्पूर्ण प्राविधिक परीक्षण पूरा भएको श्रेष्ठले बताए ।
उक्त कम्पनीको दुवै आयोजना सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनावाट विद्युत विक्री वापत कम्तिमा वार्षिक १ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको साञ्जेन स्वदेशी लगानीमा निर्मित आयोजना हो ।
सम्पूर्ण संस्थापक तथा सर्वसाधारण शेयरधनीलगायत आयोजनामा योगदान पुर्याउने पूर्व कर्मचारी तथा कार्यरत सवै सहकर्मी कर्मचारीहरुमा कम्पनीले बधाइ ज्ञापन गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्